
१४ मंसिर, काठमाडौँ।
१९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो।
‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्यो।