575 views 0 secs 0 comments

चन्द समूहका सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ…

In समाज
७ कार्तिक २०७६, बिहीबार ११:५६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्यौँ”, उनले भने। ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ।