1309 views 0 secs 0 comments

निर्मला पन्तको घटनाले नयाँ मोड लिएको शंका लागेका सबै निर्दोष देखिए, दोषी को ?

In समाज, सूचना-प्रबिधि
१४ आश्विन २०७५, आईतवार ११:१८

काठमाडौँ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले नयाँ मोड लिएको छ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आंशका गरिएका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ।
तर तीनै जनाको डिएनए निर्मला पन्तको शरीरमा भेटिएको शुक्रकिटसँग भने नमिलेको प्रहरीले जनाएको छ।
निर्मला हत्या प्रकरणमा निलम्बित कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परिक्षण गरिएको थियो।
तर डिएनए परिक्षणको रिपार्ट भने सार्वजनिक गरिएको छैन। उक्त रिपोर्टलाई आइतबार सरकारी वकिलको कार्यालय कञ्नपुरमा सार्वजनिक गरिदैंछ।
निर्मला पन्तको हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी भने अझै पनि पक्राउ पर्न सकेको छैन।
यसअघि निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर आन्दोलन चर्किएपछि प्रहरीले हत्या अभियोगमा पक्राउ गरेका दिलीपसिंह बिष्टको डिएनए परिक्षण गरेको थियो।
मानसिक सन्तुलन गुमाएका दीलिपसिंह बिष्टको डिएनए मेल नखाएपछि उनलाई रिहा गरिसकिएको छ।