
कपिलवस्तु स् शुद्धोधन गाउँपालिका-६मा बेथि नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्।
बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।