305 views 0 secs 0 comments

त्रिपुरासुन्दरी मन्दिरबाट हजार वर्ष पुरानो मूर्ति चोरी…

In देश, समाज
२२ मंसिर २०७८, बुधबार १४:५६

जिल्लाकै पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको कलश पनि चोरी भएको बताइएको छ ।
मंगलबार करिब २ बजे मध्यरातमा दुईजना अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् । ‘बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् ।
‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो, मूर्ति हराएपछि स्थानीय दुखी भएका छन्, स्थानीय र प्रहरी मिलेर चोरको सबैतिर खोजी भइरहेको छ,’ उनले भने । त्रिपुरासुन्दरी देवी मन्दिरबाट मूर्ति कलशसँगै स्थानीयको तीनवटा मोटरसाइकल चोरी भएको र त्यसमध्ये तल्लो बजारछेउमा एउटा मोटरसाइकल फेला परेको वडाध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले यर्थाथ विवरण बुझ्न इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहसहित सुरक्षाकर्मीलाई पठाइएको बताए । ‘कति बेला ? कसरी के के ? मूर्ति चोरी भयो भन्नेबारे सुरक्षाकर्मी घटनास्थलामा पुग्दैछन्, आहिले तत्काल सबै विवरण आइसकेको छैन्,