266 views 0 secs 0 comments

श्रृङ्खलावद्ध हत्याका आरोपी गुलजार मियाँ पक्राउ…

In समाज
२२ मंसिर २०७८, बुधबार १६:०२

सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।
उनलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
‘उनी लुकिछिपी बसेका रहेछन्’ काफ्लेले भने, ‘विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएका हौं ।’ गुलजारमाथि २०६४ देखि २०७१ सालसम्म सुनसरी र सप्तरीमा भएको ९ वटा हत्याका घटना संलग्न भएको आरोप छ ।
२०६९ सालमा भएको पटेर्वा–१ का ससुरा–बुहारी सहबुद मियाँ र सगिरा खातुनको हत्या, २०७० मा तत्कालिन त्रिकौल गाविस–५ कि अधिकारकर्मी निर्मलादेवी साहको हत्यालगायतका घटनामा गुलजारको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।