736 views 0 secs 0 comments

गेरुपानीमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३० घाइते…

In समाज
१६ कार्तिक २०७६, शनिबार ११:२६

डोटीको शिखर नगरपालिका–१,गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।
घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षकले जानकारी दिए ।