
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।