साँफेबगर (अछाम),१५मंसिर ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धनका नाममा कम्युनिष्टहरूले नागरिकको अधिकार खोसेर एकदलीय अधिनायकवादी शासन लाद्न खोजेको बताउनु भएको छ ।
अछामको सा“फेबगरमा नेपाली काँग्रेसद्धारा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले भन्नुभयो, ¾काँग्रेसले सधैं नागरिक अधिकारको रक्षा गर्छ, जनतालाई मालिक बनाउँछ, तर कम्युनिष्टहरूले जहा“ पनि नागरिक अधिकार खोसेर दास बनाउन चाहन्छन् ।
’तपाईंहरू भोट खसाल्नुअघि एक पटक सोच्नुस्’ उहाँले सभामा उपस्थित हजारौ जनतालाई आह्वान गर्नुभयो, ‘अब सधैं शासकको दास बन्ने कि मुलुकको मालिक बन्ने तपाईहरूको हातमा छ ।’
उहाँले सुदूरपश्चिममा जेजति पनि विकास भएको छ, सबै कांग्रेसका कारण मात्रै भएको दोहो¥याउनु भयो ।‘सिलगडी–साफेबगर–मंगलसेन सडक, कैलाश जलविद्युत र अछामलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने काम सहित अछामको विकासका लागि कांग्रेस नेतृत्वको सरकारले नै काम गरेको छ’ उहाँले भन्नुभयो, ‘अब हामी विकासको गति अझ तीब्र बनाउने छौं ।’
चुनावी सभामा अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वारले आफुले सांसदका हैसियतमा सरकारबाट पाउने कुनै सेवासुविधा नलिने घोषणा गर्नुभयो ।
सभामा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय मेघराज खड्का र टेकबहादुर साउद, पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुँवर, नेता नैनसिंह केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति कृष्णबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन देउडा गायक यज्ञराज उपाध्यायले गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले शुक्रबार डोटीको तोलेनी र चमराचौतारा तथा अछामको मंगलसेनमा भएका चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।