
पर्सा प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ निकासी हुने लागेको अवस्थामा ७४ क्विन्टल छोकडा लोड भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट भिष्वा बन्जारी हुँदै अवैध रुपमा भारत तर्फ निकासी हुन लागेको छोकडा लोड भएको ना ३ त ५७३९ नम्बरको ट्याक्टर वीरगञ्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्टबाट आइतबार नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । ट्याक्टरमा अन्दाजी ७४ क्विन्टल छोकडा रहेको अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार छोकडासहित लोड गरिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।