
भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको छ।
बिहीबारदेखिको भारी वर्षा र बाढीका कारण उत्तर प्रदेशमा मात्रै ९३ जना र बिहारमा २९ जनाको मृत्यु भएको हो।
बाढीका कारण बिहारको मुख्य सहर पटनामा बढी क्षति पुगेको बिबिसीले जनाएको छ।
उत्तर प्रदेश र बिहारका सहरी क्षेत्रमा रेलवे सेवा, यातायात, स्वास्थ सेवा, विद्युत लगायतका विभिन्न क्षेत्रमा असर परेको छ।
सवारी साधन चल्न बन्द भएपछि पटनामा डुङ्गा चलाउन बाध्य भएका छन्।
यी दुवै राज्यमा कति क्षति भएको भन्ने अझै खुलेको छैन भने जनजीवन अस्तव्यस्त भएको छ।