608 views 1 sec 0 comments

पाँच किलो गाँजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ…

In समाज
१३ आश्विन २०७६, सोमबार १६:३६

पाँच किलो गाँजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान सात बजे इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले बहुदरमाई नगरपालिका-६ बाट पाँच किलो चार सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
पर्सा प्रहरीका अनुसार पक्राउ परनेमा बिन्दबासिनी गाउँपालिका-३ का धनञ्जयकुमार दास र पोखरिया नगरपालिका-८ का विकास साह छन्।
ना २९ प ५८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई हिरासतमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।