604 views 0 secs 0 comments

लागूऔषधसहित दुई युवक पक्राउ

In देश, समाज
१६ मंसिर २०७४, शनिबार ११:३६

भद्रपुर (झापा) :भद्रपुर नाकाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–२ बस्ने ३४ वर्षीय खगेन्द्र गुरुङ र २४ वर्षीय दिनेश अधिकारी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट लागूऔषध स्कफ १८ बोतल र नाइट्रोसन ट्याब्लेट २ सय ४० एम्पुल बरामद गरेको छ। भारतको गलगलियाबाट भद्रपुर नाका हुँदै नेपाल आउँदै गरेको मे ८ प २०४४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। दुवै जनालाई लागूऔषधसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको डीएसपी बस्नेतले बताए।