442 views 0 secs 0 comments

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गर्ने एघार जना पक्राउ…

In समाज
८ आश्विन २०७६, बुधबार १२:४६

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा सार्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको बताए।
ह्याकरको समूहले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारेका थिए। सिस्टमको पासवर्ड ह्याक गरेर ह्याकरको समूहले काठमाडौंबाट रकम निकालेको प्रहरीको भनाइ छ।

कृषि विकास बैंक श्रोतले भने आफ्नै कर्मचारीको मिलेमतोमा पैसा सारिएको हो वा ह्याकरहरूले मात्र सारेका हुन भन्ने बारेमा एकिन भइनसकेको बताएको छ।
ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। ‘के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ एसएसपी थापाले भने।