595 views 0 secs 0 comments

युवतीलाई बलि चढाउन खोजेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ…

In समाज
१० पुष २०७६, बिहीबार १०:५९

नेपाली युवतीलाई बलि चढाउन खोजेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह र रञ्जित चौधरी छन् । अर्की एक जना महिलाको नाम भने खुलाइएको छैन ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । ‘विाटनगरबाट पाँच जना र काठमाडौंबाट २ जनालाई पक्राउ गरेका छौं ।’
उनका अनुसार पीडित युवती मोडलिङ गर्छिन् । उनले शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन् ।
प्रारम्भमा मोडलिङसम्बन्धी कार्यक्रमका लागि लैजाने बताइए पनि पछि रक्सी–मासु खाए/नखाएको, महिनावारी भए÷नभएको, पूजा गर्नुपर्ने जस्ता कुरा गरेपछि उनी झस्किएकी थिइन् । ‘सुरुमा कार्यक्रममा धेरै जना हुने बताइए पनि पछि तिमी मात्र हुन्छौं भनेको थियो’, पीडित युवतीले भनेकी छन्, ‘त्यसैले प्रहरीलाई जानकारी गराएको हुँ ।’
युवतीको बयानबाट झस्किएको प्रहरीले विराटनगरमा पनि अपरेशन चलाएको थियो । त्यसक्रममा सीमा क्षेत्रमा लगेर युवतीलाई तान्त्रिकबाट पूजा गराउने भनिएपछि ५ जनालाई नै पक्राउ गरिएको थियो । प्रहरीले विस्तृत अनुसन्धान भइरहेको बताएको छ ।