534 views 1 sec 0 comments

भोजपुरबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ…

In समाज
६ आश्विन २०७६, सोमबार १६:१३

भोजपुरबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भोजपुर नगरपालिका-१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका ४३ वर्षीय बमबहादुर विष्टलाई हातहतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार दिउँसो प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामानसहित फेला पारी विष्टलाई पक्राउ गरेको हो।