
भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।
अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्यासएको थियो ।
उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।