491 views 0 secs 0 comments

प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा एक मृत्यु, दुईजना घाइते…

In समाज
२१ भाद्र २०७६, शनिबार १७:३६

भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको मृत्यु भएको छ ।
बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले संदेश नेपाललाइ जानकारी दिए ।
अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ रेफर भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।