
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माल्दिभ्सको राजधानी मालेमा आज मरिसस र भियतनामका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
चौथो हिन्दमहासागर सम्मेलनमा भाग लिने सिलसिलामा मालेमा रहेका मन्त्री ज्ञवालीले आज मरिससका विदेशमन्त्री नन्दकोमार बोधा र भियतनामका सहायक विदेशमन्त्री नुयनभान थाओसँगको भेटवार्तामा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परारष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र मरिससका विदेशमन्त्रीबीचको भेटवार्तामा द्विपक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान, नेपाली नागरिकलाई मरिससमा रोजगारीका अवसर वृद्धि र पर्यटन पवद्र्धनबारे छलफल भएको थियो ।
त्यसैगरी भियतनामका सहायक विदेशमन्त्रीसँग भेटमा दुवै नेताले आपसी सम्बन्ध निरन्तर प्रगाढ बन्दै गएकामा सन्तोष व्यक्त गर्दै दुवै देशले पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहमति जनाएका छन् ।