अबको चुनावमा एमालेले एक सिट पनि जित्दैन : महेन्द्र यादव

In राजनीति
२१ पुष २०७८, बुधबार १८:१०

कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अबको चुनावमा एमालेले एक सिट पनि नजित्ने दाबी गरेका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा यादवले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने दाबी गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायम रहने पनि यादवको भनाइ छ । उनले भने, ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’
उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने पनि बताए । उनले भने, ‘यो (गुटगत किचलो) गर्नु गलत हो । जे सुझाव दिने हो, सीधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाइ हुन्छ ।’