458 views 0 secs 0 comments

आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल आयात…

In देश
१८ भाद्र २०७६, बुधबार १२:५१

गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोबाइल सेट आयात भएकोमा ७५/७६ मा ४२ लाख ४७ हजार मात्रै सेट नेपाल भित्रिएको हो ।
आव २०७४/७५ मा २४ अर्ब ८७ करोडको मोबाइल भित्रिएको थियो । गत वर्ष भने १९ अर्ब ८७ करोडको मोबाइल नेपाल आयात भएको भन्सार विभागले जनाएको छ । अर्थात् गत वर्ष ५ अर्ब ६० करोड रुपैयाँ कम रकम मोबाइलका लागि विदेशीएको छ ।
विभागका अनुसार मोबाइल आयात घट्दा पनि राजस्व भने बढेको छ । आव २०७४/७५ मा मोबाइलबाट सरकारले ३ अर्ब ३८ करोडको भन्सार राजस्व उठाएकोमा गत आवमा ३ अर्ब ५२ करोड रुपैयाँ उठेको छ । आयात ३१ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजस्व ४ प्रतिशतले बढ्नुको कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको प्रावधान हटाउनु हो ।
आव २०७४/७५ सम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनः व्यापारीले नै फिर्ता पाउँथे ।