543 views 0 secs 0 comments

सामूहिक बलात्कारको आरोपमा पक्राउ …

In देश
८ असार २०७६, आईतवार २०:१९

ः एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
–––रासस