
काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका ९६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो ।