693 views 2 secs 0 comments

अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर प्रहरीले नष्ट…

In समाज
११ भाद्र २०७६, बुधबार १६:५७

गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयबासीले संचालन गरेको ८ वटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरिएको हो । साथै मदिरा बनाउन कच्चा पदार्थ राखिएका ३२ वटा ड्रम समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका-२ अर्मादी क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका करिब ४ सय गाँ’जाका बोट मंगलबार प्रहरीले काटी उखेली नष्ट गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, कुश्मा नगरपालिका-२ का वडा सदस्य, जनचेतना आमा समूहकी अध्यक्ष, स्थानीय अग्रसर युवा क्लवका अध्यक्ष र स्थानीयबासीको सहभागितामा उक्त गाँ’जाका बोट नष्ट गरिएको हो ।