649 views 1 sec 0 comments

धरानबाट १३ जुवाडे लाई लाख ४ हजार १५५ रुपैयाँसहित पक्राउ…

In समाज
३१ श्रावण २०७६, शुक्रबार १०:२६

सामाजिक विकृति तथा विसंगतिविरूद्ध कारबाही अभियान चलाएको धरान प्रहरीले १३ जनालाई जुवा-तास खेलिरहेको खालबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले १३ जना व्यक्तिलाई जुवाजन्य गतिविधि गरिरहेका बेला बिहीबार राति ८ बजे धरान-१६ पिण्डेश्वरीबाट रंगेहात पक्राउ गरेको हो।
धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार जुवाजन्य गतिविधिमा सक्रिय उनीहरूलाई तीन लाख ४ हजार १५५ रुपैयाँसहित पक्राउ गरिएको हो।