
नारायणी नदी किनारमा एक अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ केउरेनी स्थित नदी किनारमा महिलाको शव फेला परेको हो । उक्त शव शुक्रबार त्रिशूलीमा भएको बस दुर्घटनामा बेपत्ता मध्येको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार गोरो वर्णकी महिलाले पहेलो कुर्ता सलवार लगाएकी छिन् । बाँया हातमा मेहन्दी, दुवै खुट्टामा पाउजु र कानमा टप लगाएको अवस्थामा शव रहेको छ । बिहानै नदी किनारमा चौपाया लिएर जानेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमकालागि चितवनस्थित सरकारी अस्पतालमा पठाएको छ ।