454 views 0 secs 0 comments

बहुविवाह गरेको आरोपमा दुई जोडीलाई पक्राउ…

In समाज
२३ श्रावण २०७६, बिहीबार १६:३३

बहुविवाह गरेको आरोपमा भोजपुरमा दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

बहुविवाह गर्ने रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका ३३ वर्षीय खगेन्द्र विक र उनकी कान्छी श्रीमती २६ वर्षीय हिमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राजवंशीले जानकारी दिए। प्रहरीले उनीहरुलाई जेठी श्रीमती मीना बराइलीको जाहेरीका आधारमा घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टंक विक र उनकी कान्छी श्रीमती १९ वर्षीय बसन्ती विकलाई प्रहरीले पक्राउ गरेको हो । टंककी जेठी श्रीमती अमृताको जाहेरीपछि झापाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।