कोन्सेलोले २०२५ सम्मको सम्झौता, ड्यानिलो युभेन्टस गए…

In खेलकुद
२३ श्रावण २०७६, बिहीबार १६:०५

प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले पोर्चुगिज राइट ब्याक जुआओ कोन्सेलोलाई भित्र्याएको छ । म्यानचेष्टर सिटीले उनलाई ६० मिलियन पाउण्डमा भित्र्याएको हो । यससँगै सिटीका फुलब्याक डानिलो भने ३४.१ मिलियनमा सिरी ए च्याम्पियनतर्फ लागेका छन् ।

कोन्सेलोले २०२५ सम्मको सम्झौता गरेका छन् । उनी सिटीमा आनुबन्ध भएका सिजनका तेस्रो खेलाडी हुन् । यसअघि एन्जेलिनो र रोड्री सिटी आइसकेका छन् । पोर्चुगलले नेशन्स लिग जित्दा उनी पनि टिममा थिए ।

रियल मड्रिडबाट २०१७ मा २६.५ मिलियन पाउण्डमा सिटी आएका उनले सिटीका लागि सबै प्रतियोगितामा परेर ६० खेल खेले । प्रिमियर लिगमा भने जम्मा २२ खेलमा मात्र प्लेइङ ११ मा पर्न सके ।