852 views 1 sec 0 comments

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ‘मिठाईको बट्टामा ७८ लाख’घुस लिएको खुलसा…

In Uncategorized, समाज
२० श्रावण २०७६, सोमबार ०८:१८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयोमिठाईको बट्टामा ७८ लाख

सहमति एकै पटक सबै रकम दिने थिएन। पहिलो पटक ४० लाख दिए। राजनारायणले फेरि मागेपछि दोस्रो पटक ३८ लाख बुझाए। दुवै पटक पैसा लैजाँदा अरुले चाल नपाऊन् भनेर मिठाईको बट्टामा ल्याउनु भने। रामेश्वर स्विटको मिठाईको प्याकेटमा पैसा राखेर बुझाइयो। दोस्रो खेपको पैसा लिएपछि पनि उनले काम गरेनन्। उनले डिल भएको एक करोड ६५ लाखमध्ये बाँकी ८७ लाख ५ दिनभित्र दिन दबाब दिन थाले। ‘मुद्दा तामेलीमा राख्ने प्रयास अगाडि बढिसक्यो, अब पाँच दिनभित्रमा बाँकी पैसा नदिए, म पनि चुप, तिमीहरु पनि चुप। काम थाँति राखिदिन्छु’ भन्न थाले।७८ लाख गइसक्यो। काम गर्दिन पो भन्छन् !उनले भनेअनुसार काम गरिदिएनन्। मेरो साथीलाई जसले पैसा दिएका थिए उनले ‘काम नहुने भए पैसा फिर्ता चाहियो’ भन्न थाले। पटक–पटक राजनारायणलाई ‘कि काम, कि पैसा फिर्ता’ भन्दा टारेको टार्‍यै गर्ने !  मेरा साथीले राजनारायणसँग मोबाइलमा भएको कुराकानी रेकर्ड गरेका रहेछन्। तनाव बढेको बढ्यै भएपछि उनी मेरो सम्पर्कमा आइपुगे। के भयो भनेर सोध्दा उनले फोन रेकर्ड सुनाए।रेकर्डमा राजनारायणले प्रस्टै पैसाको बार्गेनिङ गरेका थिए। कुराकानीमा ७८ लाख लिएको र बाँकी पैसा दिन दबाब दिएको प्रस्टै सुनिन्थ्यो। यसरी भ्रष्टाचार नियन्त्रण गर्ने ठूलो निकायका आयुक्तले नै घुसको कारोबार गरिरहेको सुनेपछि सहनै सकिनँ।

तपाईं ढाँट्दै हुनुहुन्छ। यो नम्बर (साथीको) र तपाईको नम्बरबीच भएको सबै कुराकानी मैले डिभाइस प्रयोग गरेर रेकर्ड गरेको छु। तपाईंले इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन्छु भनेर घुस खाएको हो कि हैन ? केरेपछि बल्ल उनको अनुहारको रङ बद्लियो।

उनको छटपटी बल्ल देखिन थाल्यो। कहिले पानी पिउँथे, कहिले शौचालय जान्थे। उनी डराएको संकेत पाएपछि ‘तपाईंले पैसा लिएको स्वीकार गरेर फिर्ता गर्ने कि प्रक्रियामा जाउँ ?’ भनेँ।

‘म यो व्यक्तिलाई चिन्दा पनि चिन्दिनँ, मैले पैसा लिएको पनि छैन’ भन्न थाले तर उनको हात, खुट्टा कामिरहेको देखिरहेको थिएँ।

त्यहाँ धेरै समय बस्न उचित लागेन। ‘चिने चिन्नु, नचिने नचिन्नु, म तीन दिनको समय दिन्छु, त्यो भित्रमा गल्ती स्वीकार्नु भएन भने जे गर्नुपर्ने हो त्यो गर्छु’ भनेर म निस्किएँ।