
उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिंगालको गोलोमा आगो लगाउने क्रममा अरिंगालले टोकेर घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।