
नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मुल्यमा आज २०० रुपैयाँले कमी आएको छ । हिजो छापावाल सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । सुनको मुल्य संगै चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार पनि चाँदीको मुल्य तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा किनबेच भएको थियो।