705 views 0 secs 0 comments

हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका…

In समाज
८ श्रावण २०७६, बुधबार ११:४१

हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ र १० का केही बस्ती डुबानमा परेका छन् ।

अविरल वर्षापछि खोलामा आएको बाढी गाउँमा पसेपछि उपमहानगरको गर्दोही, शान्तिनगर, पिप्ले क्षेत्र डुबानमा परेको हो ।प्रहरीले समयमा नै प्रभावितहरूलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति भने भएको छैन ।

यसैबीच, हेटौंडाको शिवम् सिमेन्टमा सामान पुर्‍याएर फर्कंदै गरेको भारतीय ट्रक हेटौंडा–१७ स्थित कर्राखोलामा डुबेको छ ।

यूपी ५६ डी ४०३९ नम्बरको ट्रक खोला पार गर्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।