480 views 0 secs 0 comments

लागूऔषध चरेससहित दुई युवक पक्राउ…

In समाज
१० मंसिर २०७६, मंगलवार १२:०१

लागूऔषध चरेससहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूमे–३, क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।