फाइल फाेटाे
बिहान र बेलुका एक/एक घण्टा मात्र पानी आउँछ । त्यो दलित परिवारका लागि पर्र्याप्त हुँदैन । ‘धारामा ग्रागीका लाइन हुन्छन् । कहिलेकाहीँ पानी नआउँदा रित्तै फर्किनुपर्छ । अरू धारामा पानी भर्न पाइन्न’, उनले गुनासो गरिन् । बर्खाको तुलनामा हिउँदमा दलित परिवारले पानीको सास्ती भोग्नुपर्छ । उनीहरू नुहाउन र लुगा धुने पानीका लागि दुई घण्टा टाढाकोे पँधेरो धाउँछन् । ‘प्यास लाग्दा पनि बचाइबचाई पानी पिउनुपर्छ’, बबिना परियारले भनिन्।
चुनावमा जति बाचा गरे पनि जनप्रतिनिधिले काम नगरेको स्थानीयको आरोप छ । विजयी बनाएर पठाए पनि काम गर्लान् भन्ने आस नरहेको उनीहरूले गुनासो छ। मालारानी गाउँपालिका ८ का वडाध्यक्ष नरेन्द्र बस्नेत भने दलित बस्तीमा खानेपानी पुर्याउने कामलार्ई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँछन्। गाउँपालिकाले फिरफिरेबाट रतनमारे, हंसपुर हुँदै काभ्रेसम्म खानेपानी पुर्याउने लक्ष्यका साथ काम गर्ने योजना बनाएको उनको भनाइ छ।
‘अहिले दुईवटा लिफ्टिङ खानेपानी आयोजनाको तयारी भइरहेको छ। चाँडै समस्या समाधान हुनेछ’, उनले भने।