समाज
७ कार्तिक २०७६, बिहीबार ११:५६
612 views 0 secs 0

चन्द समूहका सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ…

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए। “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ गर्यौँ”, उनले भने। ३२ वर्षीया थोकर हालै […]

समाज
७ कार्तिक २०७६, बिहीबार ११:३५
532 views 0 secs 0

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित…

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो । चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफको पनि अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो । खेलको ८६ […]

समाज
६ कार्तिक २०७६, बुधबार १८:०३
569 views 0 secs 0

दुई थान हतियार र २२ राउण्ड गोलीसहित पक्राउ…

जनकपुरधाममा पेट्रोलपम्प सञ्चालक मनोज साहको हत्याको कारण लेनदेन विवाद रहेको खुलेको छ । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित पक्राउ गरेको छ । निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो । पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए । […]

समाज
६ कार्तिक २०७६, बुधबार १७:५१
435 views 0 secs 0

छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ…

छोरीलाई बलात्कारको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई […]

समाज
६ कार्तिक २०७६, बुधबार १४:४८
492 views 0 secs 0

वीरगञ्जबाट स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक पक्राउ…

वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ८३ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा वडा नं. १६ घरभई हाल वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ४८ बर्षीय कृष्ण मोहन कलवार पक्राउ परेका हुन् । उनको साथबाट श्रोत खुलाउन नसकेको अवैध नगद ५ लाख ८३ हजार ५ सय ६०, […]

समाज
६ कार्तिक २०७६, बुधबार १४:२३
756 views 0 secs 0

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट राति एक जनाको मृत्यु…

गुल्मीमा गाडीबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट मंगलबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । मुल्क भन्ने स्थानबाट जयखानी तर्फ सामान लगेर जाँदै गरेको लु १ च ४५८६ नम्बरको बलेरो गाडीबाट खसेको […]

समाज
६ कार्तिक २०७६, बुधबार १४:०१
532 views 0 secs 0

१ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा…

नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको डीएसपी उमेश लम्सालले जानकारी दिए । गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । पक्राउ […]

समाज
६ कार्तिक २०७६, बुधबार १३:४४
547 views 0 secs 0

जनकपुरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या…

धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो । ३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे । साह र चौधरीबीच […]

समाज
६ कार्तिक २०७६, बुधबार ०९:०९
547 views 0 secs 0

अवैधरुपमा लगिदै गरेका ४० राँगालाई नियन्त्रणमा…

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक महराले जानकारी दिए ।

समाज
५ कार्तिक २०७६, मंगलवार १७:३४
746 views 0 secs 0

७४ क्विन्टल छोकडा लोड भएको एउटा ट्याक्टर नियन्त्रणमा…

पर्सा प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ निकासी हुने लागेको अवस्थामा ७४ क्विन्टल छोकडा लोड भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट भिष्वा बन्जारी हुँदै अवैध रुपमा भारत तर्फ निकासी हुन लागेको छोकडा लोड भएको ना ३ त ५७३९ नम्बरको ट्याक्टर वीरगञ्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्टबाट आइतबार नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । ट्याक्टरमा अन्दाजी […]