समाज
२९ कार्तिक २०७६, शुक्रबार १२:३९
596 views 0 secs 0

चोरीको गाडीसहित दुई जनालाई पक्राउ…

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ नंको निजी कार […]

समाज
२९ कार्तिक २०७६, शुक्रबार १२:१६
889 views 0 secs 0

विप्लव समूहका जाजरकोट इञ्चार्ज ओली पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

समाज
२८ कार्तिक २०७६, बिहीबार १७:५६
520 views 1 sec 0

सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु…

सल्यानमा बिहीबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-४ फालावाङकी ६० वर्षीया कृष्णा देवी परियार र ५९ वर्षीया यज्ञी थापा रहेका छन् । दुबै जनाको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४ को बडागाउँमा रा.१ ज.४३२ […]

समाज
२८ कार्तिक २०७६, बिहीबार १७:५०
564 views 0 secs 0

करेन्ट लागेर तनहुँमा बिहीबार दुई जनाको मृत्यु …

करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्वास्थ्यचौकी भवनमा […]

समाज
२८ कार्तिक २०७६, बिहीबार १६:१३
951 views 0 secs 0

ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु…

ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनमा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार छन् […]

समाज
२८ कार्तिक २०७६, बिहीबार १४:१८
600 views 0 secs 0

प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका२७ वर्षीय रमेश पक्राउ…

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको […]

समाज
२८ कार्तिक २०७६, बिहीबार १३:५३
755 views 0 secs 0

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला…

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो। महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन। उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

समाज
२८ कार्तिक २०७६, बिहीबार १०:४१
698 views 0 secs 0

पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ…

इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्। उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो। बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको […]

समाज
२७ कार्तिक २०७६, बुधबार १४:३१
803 views 0 secs 0

भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु…

उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएकाे भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए ।

समाज
२७ कार्तिक २०७६, बुधबार १३:५८
1880 views 0 secs 0

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु…

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना […]