समाज
९ पुष २०७६, बुधबार १२:१७
479 views 0 secs 0

विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ…

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेका छन्। विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको […]

समाज
९ पुष २०७६, बुधबार ११:४७
611 views 0 secs 0

रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु…

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए । […]

समाज
९ पुष २०७६, बुधबार ११:३५
517 views 0 secs 0

सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ…

नेपाली सेनाको जागिर छाडेर भागेका एक व्यक्तिलाई प्रहरीले कटुवा पेस्तोलसहित मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने रामेछापको मन्थली नगरपालिका-१३ का ३५ वर्षीय रोशन वर्देवा रहेका छन् ।नलकटुवा पेस्तोलसहित पक्राउ परेका वर्देवाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज
९ पुष २०७६, बुधबार ११:२९
693 views 0 secs 0

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा एक पक्राउ…

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ । बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती किशोरमाथि लागेको छ । […]

समाज
८ पुष २०७६, मंगलवार १७:४५
637 views 0 secs 0

पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी…

पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ । छिपहरमाई गाउँपालिका-१ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर२२के९५३२ नम्बरको दुईवटा […]

समाज
८ पुष २०७६, मंगलवार १७:३९
553 views 0 secs 0

गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ…

गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् । भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए ।अनुसन्धानको क्रममा भण्डारीको हत्यामा […]

समाज
८ पुष २०७६, मंगलवार १३:३९
561 views 0 secs 0

झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु…

झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो […]

समाज
८ पुष २०७६, मंगलवार १३:०२
560 views 0 secs 0

जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते…

पालुङटार नगरपालिका–६ बुढीचौरमा मंगलबार जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो । घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको […]

समाज
८ पुष २०७६, मंगलवार ११:३२
510 views 0 secs 0

चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु…

महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए  । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई […]

समाज
८ पुष २०७६, मंगलवार ११:२२
602 views 0 secs 0

गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु…

चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको महानगरी प्रहरी वृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । उनी प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउँन […]