501 views 0 secs 0 comments

जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते…

In समाज
८ पुष २०७६, मंगलवार १३:०२

पालुङटार नगरपालिका–६ बुढीचौरमा मंगलबार जीप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । बुढीचौरबाट काठमाडौं जादै गरेको ग १ ज ७४९४ नम्बरको जीप ओरालोमा चिप्लिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
घाइते हुनेमा पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु र रमेश थारु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।