610 views 0 secs 0 comments

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा एक पक्राउ…

In समाज
९ पुष २०७६, बुधबार ११:२९

विवाह गर्छु भन्दै फकाएर १४ बर्षकी किशोरी बलात्कार गरेको आरोपमा बाराको कलैयाबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । किशोरको उमेर पनि १८ वर्षभन्दा कम भएको कारण प्रहरीले उसको नाम गोप्य राखेको छ ।
बारा कलैया उपमहानगरपालिका– ७ रंगपुर बस्ने १४ बर्षकी किशोरीलाई गत मंसिर २६ गते बलात्कार गरेको आरोप ती किशोरमाथि लागेको छ । घटनापछि फरार उनलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।‘विवाह गर्छु भनी ललाई फकाई रातको समयमा खाली खेतमा लगी बलात्कार गरेर छोडेर भागेको रहेछ’ एसपी खनालले भने ‘किशोरी मंसिर २६ गतेराति प्रहरीमा आएकी थिइन्, उनको मेडिकल जाँच गराएर अनुसन्धान शुरु गरिसकेका थियौं ।’