समाज
६ फाल्गुन २०७६, मंगलवार १३:४७
596 views 0 secs 0

भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ…

भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस […]

समाज
६ फाल्गुन २०७६, मंगलवार १०:४६
835 views 0 secs 0

टिपरको ठक्करबाट एक जनाको मृत्यु…

काठमाडौंको शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्ला भन्ने स्थानमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ छन् । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए । उनलाई गएराति पौने १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । उनको उपचारको क्रममा साँखुस्थित […]

समाज
६ फाल्गुन २०७६, मंगलवार १०:२६
727 views 0 secs 0

न्यायाधीश सुवेदीको गाडीमा आगलागी…

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासकी न्यायाधीश शारङ्गा सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको छ । भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायाधीश सुवेदीको गाडीमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।आगलागीबाट गाडीको भित्री भाग(सिटहरु) पुरै जलेर क्षति पुगेको उनले बताए । तार […]

राजनीति, समाज
५ फाल्गुन २०७६, सोमबार १६:१७
794 views 0 secs 0

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ…

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो […]

समाज
५ फाल्गुन २०७६, सोमबार १५:१३
509 views 0 secs 0

जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ…

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बलात्कार  गर्नेहरुमध्ये २ जना प्रहरी नियन्त्रणमा रहेको जिप्रका धनुषाले जनाएको छ । बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर […]

समाज
५ फाल्गुन २०७६, सोमबार १३:३६
507 views 0 secs 0

सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा मुद्दा दर्ता…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ । क’रणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले […]

समाज
५ फाल्गुन २०७६, सोमबार ०९:५१
523 views 0 secs 0

ग्याँस बोकेको गाडी पल्टिँदा चालकको मृत्यु, २ जना घाइते…

रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी -बोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो । गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा […]

समाज
४ फाल्गुन २०७६, आईतवार १६:५३
477 views 1 sec 0

दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु…

जदाह गाउँपालिका-५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा-५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी को३७प ९७४३ नम्बरको […]

समाज
४ फाल्गुन २०७६, आईतवार १५:०९
610 views 0 secs 0

नेकपाका शीर्ष नेता जिल्ला दौडाहामा…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज गएका हुन् । प्रधानमन्त्री ओली आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ । दिनभर झापामा रहँदा ओली शिलन्यास […]

समाज
४ फाल्गुन २०७६, आईतवार १२:३५
581 views 0 secs 0

कैलालीबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ…

कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ […]