समाज
२५ मंसिर २०७८, शनिबार १९:१८
293 views 0 secs 0

अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ …

प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । ना २१ प ७५४९ नम्बरको मोटरसाइकलमा खयरको डमरु १६ थान लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गुजरा नगरपालिका–१ कोठियारका वीरबहादुर लामा दोङ र सोही ठाउँका विजय लामा दोङ छन् । काठ […]

समाज
२५ मंसिर २०७८, शनिबार १७:३१
264 views 0 secs 0

म्याग्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु…

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध १ त ४४५ नंको ट्रयाक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्रयाक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव […]

समाज
२५ मंसिर २०७८, शनिबार १६:३५
289 views 0 secs 0

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु…

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गुण्डुका रवीन्द्र थापाको उपचारका क्रममा […]

समाज
२५ मंसिर २०७८, शनिबार १५:३९
365 views 0 secs 0

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति…

सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । हरिवन नगरपालिका-११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. […]

समाज
२५ मंसिर २०७८, शनिबार १३:००
288 views 0 secs 0

झापामा बस र भ्यान ठाेक्किँदा एक जनाकाे मृत्यु…

झापाको बाह्रदशी गाउँपालिका–३ मा रहेकाे त्रिवेणी चोकमा बस र भ्यान ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परि बाह्रदशी गाउँपालिका- १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको ज्यान गएकाे हाे । आज बिहान चारपाने राजगढ सडक खण्डमा प्रदेश १–०१–००१–ख ३५२४ नम्बरकाे बस र मे १ च २२२६ […]

समाज
२४ मंसिर २०७८, शुक्रबार १६:२८
347 views 0 secs 0

भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ …

कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-३ बस्ने अजय चौधरी, तुलसीराम […]

समाज
२४ मंसिर २०७८, शुक्रबार १५:३४
319 views 2 secs 0

भालुको पित्त सहित चार जनालाई पक्राउ…

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यावतीका २० वर्षीय विशाल सुनारी, पश्चिम रुकुम मुसीकोट नगरपालिका-१० खड्काटोलका ४६ वर्षीय हरिबहादुर खड्का, तानसेन नगरपालिका-१० गाबुडाँडाका ३२ वर्षीय टोप बहादुर राना र चन्द्र निगाहापुर नगरपालिका-५ मंगलपुर दोभानटोलका २९ वर्षीय धनबहादुर विश्वकर्मा रहेका छन् […]

समाज
२४ मंसिर २०७८, शुक्रबार १३:४४
878 views 4 secs 0

आफू जत्रै छोरी भएका घरबारेसँग विवाह गर्न फेसबुकमा न्याय माग्दै हिनेकी सपना

गुल्मी, मंसिर २४ । घरमा श्रीमती र झण्डै आफू जत्रै छोरी पनि भएको थाहा पाई पाई आफ्नै गाउँ ठाउँमा चिनेको जानेको मान्छे संग “आफ्नो पनि बिहे भएको तर घर छोडेर माइतमा बस्दै आएकी ” सपना विष्ट बिहेको नाटक गरी केही वर्ष कमल खड्का सँग मोज मस्ती गरिन् । पछि विभित खालका समस्या देखाएर विवाद मा आई […]

समाज
२४ मंसिर २०७८, शुक्रबार ११:५५
340 views 0 secs 0

पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु…

पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीमबहादुर तामाङको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

समाज
२४ मंसिर २०७८, शुक्रबार ०९:५४
264 views 0 secs 0

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु…

दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । […]