देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:३३
697 views 4 secs 0

दुई करोडको साप्ताहिक ब्याज नै २० लाख लिन्थे पूर्व डिआइजी नवराज सिलवाल (भिडियो, अडियो र दस्तावेजसहित)

काठमाडौं– चितवनको भण्डारा २ का गुनबहादुर थापा (शम्भु) को व्यवसाय हो, घर–जग्गा कारोबार। ०६० देखि ०६६ को समय थियो, कारोबारबाट उनको आर्थिक प्रगति देखेर घर-जग्गा कारोबारमा साझेदार बनाउन आग्रह गर्दै मानिसहरु उनको घरमै पुगेर पैसा छाड्थे। ‘पैसा लिन्नँ भन्दा पनि घरमै आएर कर गरेपछि धेरैलाई साझेदार बनाएँ’, थापा भन्छन् , ‘अन्त्यमा सबै धोका दिने मात्र […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:३१
652 views 0 secs 0

सरकारले आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप, हस्तक्षेप गर्न आयोगलाई आग्रह

काठमाडौं- नेकपा एमालेले निर्वाचन आचारसंहिताविपरीत सरकारका पछिल्ला कदमप्रति आपत्ति जनाउँदै कडाइका साथ हस्तक्षेप गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आज बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुंग पार्ने कार्य तत्काल रोक्न सरकारसँग मागसमेत गरेको छ। बैठकले सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:३१
603 views 0 secs 0

काठमाडौंको तिलगंगामा एक युवकको हत्या

काठमाडौंको तिलगंगामा एक युवकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। जलाएर उनको हत्या गरी त्यहाँ फ्याँकेको हुन सक्ने प्रहरीकाे अनुमान छ। जलेका कारण उनकाे अनुहार पहिचान गर्न कठिन छ। करीव २० वर्षीय युबकको सनाखत हुन सकेको छैन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १२:२९
558 views 3 secs 0

मतदाता फकाउँदै पाण्डे र बुर्लाकोटी

भरतपुर : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिभिसभा सदस्य उम्मेदवार विक्रम पाण्डेले आफूले मंसिर २१ गते हुने निर्वाचन जितेमा देशको प्रधानमन्त्री हुने दाबी गरेका छन्। ‘मैले चुनाव जितेमा यो मुलुकको प्रधानमन्त्री हुने हो, राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष होइन’, उनले भने। लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री पाण्डेले वाम उम्मेदवार पुष्पकमल […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:२४
639 views 1 sec 0

उम्मेदवारका बाचा विश्वास गर्दैनन् मतदाता

प्यूठान : विगतका निर्वाचनमा सार्वजनिक गरिएका चुनावी प्रतिवद्धता पूरा नभएकाले यसपटक पनि उम्मेदवारले गरेका वाचा पूरा होलान् भन्नेमा मतदाताहरू विश्वस्त छैनन्। आफूहरूलाई झुक्याउन विकासका आश्वासन बाड्ने गरिएको गुनासो मतदाता गर्छन्। २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका एमाले उपाध्यक्ष बामदेव गौतम र हिराबहादुर केसी चुनावी प्रचारका क्रममा लिखित प्रतिवद्धतासहित मतदातामाझ पुगेका थिए। ‘जिल्लाको मुहार फेर्ने’ योजनालाई […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:४७
624 views 0 secs 0

ट्याक्टर दुर्घटना हुँदा सिन्धुलीमा एकको मृत्यु

सिन्धुली : सिन्धुलीको तिनपाटन गाँउपालिका– ५ लंगुरस्थित अधेरीको उकालोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सिन्धुलीबाट लंगुर छबिसे स्कुलको पाइप र सिमेन्ट बोकेर गएको ना ५ त ५०२५ नम्बरको न्यु होल्याण्ड ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ४० वर्षको एक पुरुषको मृत्यु भएको सिन्धुलीका प्हरी नायव उपरीक्षक विनोदराज शर्माले बताए। मृतकको […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १५:४५
717 views 0 secs 0

अवैध सम्बन्धबाट जन्मिएको शिशु मारेको अभियोगमा देवर-भाउजू पक्राउ

नुवाकोट: अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा प्रहरीले नुवाकोटको तारुकाका देवर/भाउजुलाई पक्राउ गरेको छ। दुबैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका वडा नं. २ तारुकाका एक महिला र उनका देवरले अवैध सम्बन्धबाट जन्मिएकी छोरीलाई मारेर फालेको अभियोगमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:४३
641 views 0 secs 0

जीप दुर्घटनामा तीनको मृत्यु, छजना घाइते

जुम्ला : कर्णाली राजमार्ग अन्तरर्गत कालिकोटको खाडाचक्र नगरपालिका वडा नं २ जिल्ला अस्पताल मोडमा बोलेरो दुर्घटना हुदाँ तीन  जनाको ज्यान गएको छ । दुर्घटनामा परी चन्दननाथ-१० का यदुराज न्यौपाने ,रारा छायानाथका नरबिक्रम मल्ल, सोरु गाउपालिकाका जयरुप बुमीको निधन भएको प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए।  घाइते पाँच जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:४०
636 views 1 sec 0

विप्लव समर्थक शिक्षक पक्राउ

दैलेख :  प्रहरीले नेत्रविक्रम चन्र्द विप्लव’ नेतृत्वको नेकपाका समर्थक एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा रहेका प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न हुनसक्ने आंशकामा बिहीबार गुरास गाउँपालिका-८ स्थित श्रीकृष्ण आधारभुत विद्यालयका शिक्षक पदम नेपालीलाई नियन्त्रणमा लिएको हो । उनी विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य रहेको बुझिएको छ । विप्लव’ नेतृत्वको […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १५:३६
620 views 0 secs 0

त्रिशूलीमा बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो

चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको […]