देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:४३
645 views 4 secs 0

नयाँ र पुरानाबीच प्रतिस्पर्धा

मंसिर १७, २०७४-प्रदेशसभाका उम्मेदवारहरूले जिल्लामा चुनाव प्रचार अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार र दलका नेता कार्यकर्ताले मुख्य रूपमा स्थानीय विकास निर्माणका योजनालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । दुवै तर्फका उम्मेदवारले आफू विजयी हुने दाबी गरेका छन् । प्रदेशसभा क्षेत्र २ मा […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:४०
574 views 4 secs 0

मुख्यमन्त्रीका ६ दाबेदार एकै जिल्लाबाट

मंसिर १७, २०७४-एमाले नेता किरण गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री हुने दाबीसहित चुनावी मैदानमा छन् । पार्टीको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गुरुङ तनहुँ–२ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । उनी तनहुँको तत्कालीन क्षेत्र नम्बर ३ बाट २०४८ र २०६४ मा विजयी भएका थिए । पहिलो संविधानसभाको निर्वाचनपछि उनी वन तथा भू–संरक्षण मन्त्री पनि […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:३४
553 views 7 secs 0

दाहालसँगको अन्तर्वार्ता : एमालेकै अध्यक्ष अबको प्रधानमन्त्री

मंसिर १७, २०७४- पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार बिहान यो अन्तर्वार्ता गर्नुअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी कार्यक्रममा जाने हतारोमा थिए । निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालका अनुहारमा व्यस्तताबीचको उत्साह देखिन्थ्यो । प्रस्तुत छ, कान्तिपुरका गंगा बीसी र दुर्गा खनालले उनीसँग गरेको कुराकानी […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:३२
618 views 5 secs 0

कसले गराइरहेछ विस्फोट ?

मंसिर १७, २०७४-प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक […]

देश, विश्व, समाज
१७ मंसिर २०७४, आईतवार १३:२२
876 views 4 secs 0

विश्वकप २०१८ समीकरण

मंसिर १७, २०७४-आयोजक रुसको राजधानी मस्कोमा शुक्रबार आयोजित समूह चरणको ‘ड्र’ सँगै विश्वकप फुटबलको उपाधि कसको पोल्टमा पर्ला भन्ने आँकलन सुरु भइसकेको छ । तर विगतको तुलनामा यसपल्ट ठूला टोलीले सहज ड्र पाएका छन् । कमै टोलीलाई यसपालिको समूह ड्र टाउको दुखाइको विषय बन्यो । विश्वकप सुरु हुन अझै सात महिना बाँकी छ । तर […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:२०
737 views 4 secs 0

कृषिमा ‘हाइड्रोपोनिक’ प्रविधि सफल

मंसिर १७, २०७४-अहिलेका युवा पुस्ता माटोसँग संघर्ष गर्न चाहंँदैनन् । उनीहरू आर्थिक उपार्जनका नयाँनयाँ माध्यम खोजिरहेका छन् । कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिनप्रतिदिन बढ्दो छ । यस्तै युवाहरूको भीडमा यहाँका एक युवाले कृषिमा आधुनिक प्रविधि भित्र्याएका छन् । ०६५ देखि व्यावसायिक कृषिमा जमेका कुश्माका लालबहादुर हरिजनले हालै […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:१९
637 views 2 secs 0

रक्षामन्त्रीको घर अगाडि कुकर बम

मंसिर १७, २०७४-रक्षामन्त्री भीमसेनदाश प्रधानको काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको छ । मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् । http://bit.ly/2AnoDkc

देश, समाज
१७ मंसिर २०७४, आईतवार १३:१६
545 views 3 secs 0

चासोक तङ्नाम सुरु, साझा चाड बनाउने प्रयास

मंसिर १७, २०७४-पूर्वका लिम्बू समुदायका मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम आइतबारदेखि भव्यरुपमा सुरु भएको छ । नयाबाली भित्राउने बेलामा मनाइने चासोक तङनामको अवसरमा पुर्वका लिम्बू जातिहरुमा खुसियाली छाएको छ । आइतबार देखिनै पुर्वका नौ जिल्लामा छरिएर रहेका लिम्बु समुदाय देखि हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले सामुहिक रुपमा […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:१४
543 views 2 secs 0

सप्तरीका दुईसय सात मतदानस्थल अतिसंवेदनशील

मंसिर १७, २०७४-भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:१२
578 views 2 secs 0

माधव नेपाल भन्छन्– ‘कांग्रेसले हार स्वीकार गरिसक्यो’

काठमाडौं प्रेस चौतारी र प्रेस सेन्टरको मिडिया सेन्टरमा आइतबार भएको अन्तर्क्रियामा नेता नेपालले कांग्रेसका नेताहरुले अभिव्यक्तिमार्फत हार स्वीकार गरेको बताए । ‘कम्युनिष्ट शासन आए रुन पनि पाइन्न भन्नु, कम्युनिष्ट अधिनायकवादी शासन आउँछु भन्ने हार स्वीकार गर्नु हो,’ नेता नेपालले भने, ‘वाम तालमेलले कांग्रेसमा भूइँचालो गएको छ ।’ पछिल्ला निर्वाचनका आधारमा वामपन्थी मत ६५ प्रतिशतभन्दा बढी […]