देश, समाज
७ पुष २०७४, शुक्रबार १६:३६
658 views 0 secs 0

धरहराको पुनर्निर्माण प्राधिकरणले गर्ने , भाँचिएको ठूटोको अगाडि नयाँ ठड्याउने डिजाइन तयार

Share: काठमाडौं । भूकम्पले क्षेतिग्रस्त भएको धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । धरहरा निर्माणको जिम्मा यसअघि  नेपाल टेलिकम दिइएको थियो। तर टेलिकमले लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरण मातहत नै निर्माण गर्ने निर्णय लिएका हुन् । टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १५:२६
649 views 0 secs 0

१५ दिन देखि ख्यातिप्राप्त डा. देवकोटा लण्डनमा बेहोस भएपछि अस्पतालमा उपचाररत

काठमाडौं । नेपालका ख्यातिप्राप्त न्यूरो रोग सम्बन्धी चिकित्सक डा. उपेन्द्र देवकोटा लण्डनमा बेहोस भएर ढलेपछि लण्डनकै किङ्स कलेज अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । तर बिरामी जाँच्ने क्रममा देवकोटा अस्पतालमा एक्कासी बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको दूताबासका एक अधिकारीले बताए। उनले भने, ‘तर सामाजिक सञ्जालमा हल्ला भएजस्तो नभएर देवकोटाको स्वास्थ्य स्थिति सामान्य […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १५:२४
603 views 0 secs 0

रानीपोखरी पुननिर्माणको ठेक्का रद्द

काठमाडौं । महानगरपालिकाले रानीपोखरी पुननिर्माणको लागि भएको बल्र्ड वाइड कँडेल केएन जेभीसँगको ठेक्का रद्द गर्ने भएको छ । सन्तोषजनक काम नगरेको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाले जनाएको छ । कम्पनीले रानीपोखरीको पुननिर्माण र सौन्दर्यकरणको जिम्मा पाएको थियो । कम्पनीसँगको ठेक्का रद्द गर्नका लागि नगर कार्यपालिकाको बैठकमा सिफरिस गरिसकेको महानगरपालिकाका एक उच्च अधिकारीले बताए […]

समाज
७ पुष २०७४, शुक्रबार १५:२१
615 views 0 secs 0

तेस्रोलिंगीलाई कारागारमा राख्न समस्या

काठमाडौं । मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ । तर, कारागार व्यवस्थापन विभागका अनुसार तर १८ हजार पाँच सय कैदीबन्दी राख्नुपरेको छ । कारागार व्यवस्थापन नहुदा कारागारमा तेस्रोलिंगी कैदीबन्दी राख्न समस्या आउने परेको छ । तेस्रोलिंगी कैदीबन्दीलाई पुरुष र महिला दुवै रहने कारागारमा राख्न नसकिने भएकाले समस्या आउने गरेको विभागको भनाइ छ […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १५:१३
637 views 0 secs 0

जथाभावी फोहोर फ्याँकेको देखे महानगर सूचना दिदा सुराकी भत्ता पाइने

विराटनगर । जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण गराउन विराटनगर महानगरपालिकाले सुराकीलाई भत्ता दिने तयारी गरेको छ । जथाभावी फोहोर फ्याँक्ने कार्य नियन्त्रण नभएपछि महानगरपालिकाले फोहोर फ्याँक्नेहरूलाई कानुनअनुसार कारबाही गराउन सूचना दिने सुराकीलाई भत्ता दिने तयारी गरेको हो । कसले सडकमा जथाभावी फोहोर फ्याँक्यो भन्ने सूचना दिनेको नाम गोप्य राखेर भत्ता दिइने छ । उजुनसुकै वेला […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १४:५१
831 views 0 secs 0

यसरी मानसिक र शारीरिक यातना खेप्दै छन् सिमलफाँटाका महिला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–७ सिमलफाँटाका महिला मदिराका कारण घरेलु हिंसाको शिकार हुने गरेका छन् । मदिराका कारण यहाँका महिलाहरुले मानसिक र शारीरिक यातना खेप्नु परेको छ । दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसा साँझपख श्रीमानले लगेर मदिरा पिई श्रीमतीमाथि हिंसा निम्त्याउने गरेका छन् । छिमेकीले समेत होहल्ला र चिच्याहटका कारण रातिको बेला सुत्न समेत पाउने […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १४:३९
838 views 0 secs 0

क्याम्पसको विद्यार्थीमाथि छुरा प्रहार

वीरगञ्ज । वीरगञ्जमाको  ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ । वीरगञ्ज–१६ को राधेमाई घर भएका यादव छुरा प्रहारबाट गम्भीर घाइते भएको  प्रहरीले बताए। घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको  थियो , तर त्यहाँ उपचार हुन नसक्ने भएपछि गण्डक अस्पताल लगिएको छ । आक्रमण कसले गर्यो भन्नेबारे […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १४:३१
576 views 0 secs 0

सुत्केरीलाई दश हजार सहयोग दिने

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर […]

समाज
७ पुष २०७४, शुक्रबार १३:५८
610 views 0 secs 0

छोरी जन्मिएपछि नेशनल मेडिकल कलेजबाट बेपत्ता भएकी महिला अर्काे अस्पतालमा भेटिइन्

वीरगंज– वीरगंजको नेशनल मेडिकल कलेजबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन्। सर्लाही कवालावासी घर भएकी २० वर्षिय ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् । उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए। ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफुमाथि परिवारबाट अपहेलना भएकाले […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १३:५५
647 views 0 secs 0

कतारबाट फर्किएका प्रदिप एयरपोर्टमै लुटिए

काठमाडौं–  बैदेशिक रोजगारपछि कतारबाट नेपाल फर्किएका एक युवक काठमाडौैैंको विमानस्थलकै छेउमा लुटिएका छन् । होटल जान एयरपोर्टमा ट्याक्सी चढेका मोरङ, गोलाप्रासी घर भएका प्रदिप सिग्दार ट्याक्सी चालककै योजनामा बिहिबार लुटिएका हुन्। उनको ५० ग्रामको सुनको बाला, २ वटा घडी र अन्य सामान रहेको लगेज   बा.२ ज ४२१४ नम्बरको ट्याक्सी चालक कृष्ण बहादुर पहरी र […]