देश, समाज
१९ माघ २०७४, शुक्रबार ११:३७
705 views 0 secs 0

नेपाली सेनाको ब्यारेक भित्रै बम बिस्फोट, ३ सेना घाइते !

काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

देश, समाज
१९ माघ २०७४, शुक्रबार ११:२०
1072 views 0 secs 0

स्वराजको नेपाल भ्रमण र महाभारतको लाक्षागृह

के.पी. शर्मा ओली युधिष्ठिर होईनन् र नरेन्द्र मोदी पनि धृतराष्ट्र होईनन् । तर, काठमाडाैं र दिल्लीबीच सधै महाभारत चलिरहन्छ । अहिले त महाभारत कथाको पर्दा पछाडि चलेका चाल, जाल र घातका दृश्य काठमाडाैं र दिल्ली दुबैतिर झनै धेरै भैरहेका छन् । त्यसैको पछिल्लो कडी हो सुष्मा स्वराजको नेपाल भ्रमण । सुष्मा स्वराजको काठमाडाैं अवतरणसँगै अहिले […]

देश, समाज
१८ माघ २०७४, बिहीबार ११:५२
1078 views 1 sec 0

को नेता राष्ट्रघाती : को प्रधानमन्त्री हुँदा भारतसँग कहिले के सन्धि–सम्झौता गरे ?

चन्द्रलाल गिरी / २०४६ सालको परिवर्तनपछि भएका अधिकांश प्रधानमन्त्रीहरुले भारत भ्रमण गरेका छन्। उनीहरुले अनेकौं सन्धि सम्झौता पनि गरेका छन्। सन्धि सम्झौताकै कारण विगतमा राजनीतिक दल फुट्नेसम्मका घटना देखिए । यसअघि कुन प्रधानमन्त्रीले भारतसँग के सन्धी सम्झौता गरे, हेरौं- याे पनि कृष्णप्रसाद भट्टराई (२५ देखि २७ जेठ, २०४७) २०४६ को जनआन्दोलनपछि २०४७, ६ वैशाखमा गठित […]

देश, समाज
१८ माघ २०७४, बिहीबार ११:३४
926 views 0 secs 0

प्रहरीले नै जुवा खाल लुटेपछि….

काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर रकम लुटेपछि प्रहरीका एक सई र जवान कारबाहीमा परेका छन् । सोमबार भएको घटनामा पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि प्रहरीले लुटेको खुलासा भएको हो । होटलमा जुवा खेलिरहेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा होटलमा पुगेका थिए […]

देश, समाज
१७ माघ २०७४, बुधबार १५:२८
688 views 0 secs 0

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग, आफूलाई मार्न मान्छे पठाएको दाबी

काठमाडौं, माघ १७ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई पटक पटक ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्नुभएको छ । अधिवक्ता भण्डारीले आफूले डाक्टर गोविन्द केसीले अदालतको अवहेलना गरेको मुद्दामा बहस गरेकै कारण पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको हो । प्रधानन्यायाधीश पराजुलीले पुस […]

देश, समाज
१७ माघ २०७४, बुधबार १३:१२
785 views 0 secs 0

आज दुर्लभ खग्रास चन्द्रग्रहण लाग्दै: ग्रहण लागेको बेला नगर्नुहोस् यस्ता काम..

माघ १७, काठमाडौं । आज माघ १७ गते बुधवार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । खग्रास चन्द्रग्रहण साँझ ५ : ३२ बजे शुरु भएर ७स: १६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव […]

देश, समाज
१७ माघ २०७४, बुधबार ११:४१
723 views 0 secs 0

‘कायरा’ मा आर्यन र साम्राज्ञीको यस्तो लुक्स

चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छन् । यो जोडीले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेको फिल्म ‘कायरा’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । दर्शकहरु यो जोडीलाई पर्दामा हेर्न निकै आतुर छन् । यस्तैमा फिल्म ‘कायरा’ को सुटिङ सेटबाट साम्राज्ञी र आर्यनको एक तश्बिर बाहिरिएको छ […]

देश, समाज
१५ माघ २०७४, सोमबार १२:३३
705 views 0 secs 0

नवराज सिलवालमाथि ज्याद्धती गर्ने प्रहरी प्रमुखदेखि संलग्न सवै प्रहरी अधिकारी परे कालो सूचीमा : अत्याचार गर्नेहरु सवै कार्वाहीमा पर्ने भावी प्रधानमन्त्री ओलीको घोषणा

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडिआइजी नवराज सिलवालमाथि ज्याद्धती गर्ने प्रहरी प्रमुखदेखि सवै बरिष्ठ अधिकारीमाथि आगामी सरकारले छानविन र कार्वाही गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पटक पटक आफूलाई मार्न खोजेको तथ्य सिलवालले सार्वजनिक गरेपछि भावी प्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवालमाथि ज्याद्धतीमा संलग्न सवै […]

देश, समाज
१५ माघ २०७४, सोमबार १२:१६
561 views 0 secs 0

सरकारको अर्को लज्जास्पद अभिव्यक्ति, भारतले भूमी लगे सीमाका जग्गाधनीलाई क्षतिपूर्ती दिने

पर्सा । पर्सा जिल्लामा पर्ने सिमानाको स्तम्भ नेपाल–भारत सिमानामा सीमा स्तम्भहरू निर्माण गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको जग्गा भारतपट्टी पर्न गएमा सम्बन्धित जग्गाधनीलाई हानि नोक्सानी नहुने गरी क्षतिपूर्तिको व्यवस्था गरिने सरकारी अधिकारीहरूले बताएका छन्। दुई साताअघि पर्साको सिर्सिया नदी क्षेत्रमा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा सीमा स्तम्भ निर्माण गर्ने काम थालिएपछि स्थानीयबासीले आफ्नो […]

देश, समाज
१५ माघ २०७४, सोमबार ११:१४
687 views 0 secs 0

टिके डन इन्काउन्टर प्रकरण : झुटो सन्देशले प्रहरीमा लफडा

काठमाडौं : शनिबार साँझ एकाएक एउटा सूचना भाइरल बन्यो, डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए। अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो। महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया आधा घन्टा पनि टिकेन। फेरि महाशाखाले […]