684 views 0 secs 0 comments

‘कायरा’ मा आर्यन र साम्राज्ञीको यस्तो लुक्स

In देश, समाज
१७ माघ २०७४, बुधबार ११:४१

चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छन् । यो जोडीले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेको फिल्म ‘कायरा’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । दर्शकहरु यो जोडीलाई पर्दामा हेर्न निकै आतुर छन् ।

यस्तैमा फिल्म ‘कायरा’ को सुटिङ सेटबाट साम्राज्ञी र आर्यनको एक तश्बिर बाहिरिएको छ । तश्बिरमा यी दुईलाई फिलिपिन्सको एक समुन्द्री किनार नजिक रोमान्टिक मूडमा देख्न सकिन्छ । आर्यनको घाँटीमा गितारको ट्याटु छ । फिल्ममा उनी गायकको भूमिकामा हुन सक्ने उनको ट्याटुबाट अनुमान लगाउन सकिन्छ ।

तश्बिरमा आर्यन र साम्राज्ञीको केमेष्ट्री मिलेको देखिन्छ । पर्दामा चाहिँ कस्तो देखिने हो प्रतिक्षा गर्न बाँकी छ । यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । लगातार आफू अभिनीत फिल्म बक्स अफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअर माथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेका हुन् ।

‘कायरा’ लाई आर्यनको होम प्रोडक्शन कम्पनीले निर्माण गर्दैछ । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुँवा यो नशा’ मा काम गरेका थिए ।