648 views 0 secs 0 comments

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग, आफूलाई मार्न मान्छे पठाएको दाबी

In देश, समाज
१७ माघ २०७४, बुधबार १५:२८

काठमाडौं, माघ १७ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई पटक पटक ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्नुभएको छ ।

अधिवक्ता भण्डारीले आफूले डाक्टर गोविन्द केसीले अदालतको अवहेलना गरेको मुद्दामा बहस गरेकै कारण पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको हो ।

प्रधानन्यायाधीश पराजुलीले पुस २६ गते साढे ५ बजे, अर्को दिन बिहान साढे ९ बजे फोन गरेर ज्यान मार्ने धम्की दिएको अधिवक्ता भण्डारीको दाबी छ ।

माघ १६ गते पनि शंखमुलमा रहेको आफ्नो कार्यालयमा पराजुलीले केही मान्छे पठाएर धम्क्याएको दावी गर्दै भण्डारीले प्रधानन्यायाधीशबाट असुरक्षित महसुस गरेकोले सुरक्षा पाउँ भनि निवेदन पेश गर्नुभएको हो ।

आफूमाथि केही तलमाथि भएमा त्यसको जिम्मा प्रधानन्यायाधीश पराजुलीले लिनु पर्नेसमेत भण्डारीले निवेदनमा उल्लेख गर्नुभएको छ ।