देश, समाज
१२ आश्विन २०७५, शुक्रबार १२:४१
610 views 0 secs 0

नेपाल–चीनबीच : ऊर्जा संयन्त्रको बैठक शुरू हुदै ….

काठमाडौं – नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि ऊर्जा संयन्त्रको बैठक शुरू भएको छ। बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन्। बैठकका लागि चिनियाँ टोली बिहीबार यहाँ आइपुगेको हो। […]

समाज
१२ आश्विन २०७५, शुक्रबार १२:२१
747 views 0 secs 0

साथी लाइ ‘कल मी ‘ भनेर म्यासेज लेखे पछी सम्पर्क बिहीन …

पोखरा १ सिमपानी महानगर पालिका बस्ने कृष्ण प्रसाद अधिकारीको काईंलो छोरा वर्ष १४ को बिस्वास अधिकारी ८ गते सोमबार घरमा आमासंग सामान्य विवाद भएपछी कसैलाई नभनी घरबाट भागेर हिनेको थिए । बिहान करिब ९ :३० बजे घर बाट निस्केको र ९: ५० बजे तिर आफ्नो साथी लाइ यो नम्बर : ९८२४१०४२०७ बाट कल मि भनेर […]

बिचार, समाज
११ आश्विन २०७५, बिहीबार १८:५५
1386 views 0 secs 0

बाबा लाई त धेरैले भन्छन् रे छोरी पढाएर के हुन्छ ? पठाउ अर्काको घर , म मन पराउँछु…

म मन पराउँछु… म बोल्न मन पराउँछु , स्वतन्त्र हुन मन पराउँछु घरमै सिमित हैन बाहिर आएर केहि गर्न मन पराउँछु त्यसैले त म समाजले सोचे भन्दा फरक छु । मेरो समाजले त भन्छ नी कहिले काहि घुम्टो ओढेर छाउगोठमा जाउँ तर म त्यो घुम्टो भित्र रहेको छाउँगोठ भत्काउँन मन पराउँछु । बा लाई त […]

देश, समाज
११ आश्विन २०७५, बिहीबार १५:४७
764 views 0 secs 0

नेपाल सफल होला सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन…

आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस । विश्वभर नै मनाइँदै गरेको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । उसो त सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई पनि एउटा आधारको रूपमा व्याख्या गर्दै आएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योगलगायतका क्षेत्र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने माध्यम हुन् […]

देश, समाज
११ आश्विन २०७५, बिहीबार १५:२७
805 views 16 secs 0

१८ करोड फसेको छ, फेरि अर्को उस्तै कार्यक्रम : युवा स्वरोजगार…

दस वर्षअिघ लागू युवा स्वरोजगार कोष कार्यक्रममा करोडौं रकम फसेका बेला सरकारले त्यस्तै प्रकृतिको अर्को कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सरकारले गत साताबाट शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम सुरु गरेको हो। सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पास भएपछि यो कार्यान्वयनमा आएको हो। शैक्षिक प्रमाणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाले ऋण […]

देश, समाज
११ आश्विन २०७५, बिहीबार १५:०५
706 views 1 sec 0

न्यूयोर्कमा प्रधानमन्त्री ओली एशिया सोसाइटीको कार्यक्रममा ….

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबको केही घण्टामा सयुक्त राष्ट्र संघको ७३ औं महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अाजै राति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग पनि दुईपक्षीय भेटवार्ता गर्ने छन् । राष्ट्र संघको महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीका त्यसपछिका दिनहरु निकै व्यस्ततामा बिते। उनी शनिबार कोष्टारिका पुगेर नेपाल फर्कनेछन्। उनले हालसम्म राष्ट्र संघकै […]

समाज
११ आश्विन २०७५, बिहीबार १४:५४
720 views 0 secs 0

मध्यपश्चिममा अझै वर्षा हुदैइ छ ….

काठमाडाैं- मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो। विभागका महानिर्देशक डा ऋषिराम शर्माले नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए। “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम […]

देश, समाज
१० आश्विन २०७५, बुधबार १०:५५
1562 views 0 secs 0

१० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या : पोखरा

पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना […]

समाज
९ आश्विन २०७५, मंगलवार २३:५६
691 views 0 secs 0

माइक्रो बस दुर्घटनामा परी २ महिलाको मृत्यु :

तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सन्देश नेपाल […]

समाज
९ आश्विन २०७५, मंगलवार १८:१७
750 views 0 secs 0

१० वर्षीया बालिकाको हत्या, बलात्कारको आशंका : पोखरा …

घरबाट बिस्कुट किन्न सोमबार साँझ निस्केकी १० वर्षीया बालिका श्रेया सुनार घर नफर्केपछि परिवारले खोजी गरेको थियो । मंगलबार बिहान ९ बजेति छोरेपाटन प्रहरी चौकीमा आएर श्रेया हराएको भन्दै खोजी दिन आफन्तले निवेदन दिएका थिए । फेवाताल दक्षिणको गाउँ पुम्दीभुम्दीकी १० वर्षीया बालिका मंगलबार बिहान घरनजिकै मृत भेटिएकी छन् । घटनाको प्रकृति र प्रारम्भिक विवरणका […]