617 views 1 sec 0 comments

न्यूयोर्कमा प्रधानमन्त्री ओली एशिया सोसाइटीको कार्यक्रममा ….

In देश, समाज
११ आश्विन २०७५, बिहीबार १५:०५

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले अबको केही घण्टामा सयुक्त राष्ट्र संघको ७३ औं महासभामा सम्बोधन गर्नेछन् । त्यसपछि अाजै राति राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग पनि दुईपक्षीय भेटवार्ता गर्ने छन् । राष्ट्र संघको महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीका त्यसपछिका दिनहरु निकै व्यस्ततामा बिते। उनी शनिबार कोष्टारिका पुगेर नेपाल फर्कनेछन्। उनले हालसम्म राष्ट्र संघकै मुख्यालयमा चार जना सरकार तथा राष्ट्रप्रमुखसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी भएका छन्।

‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठक र एशिया सोसाइटीको कार्यक्रममा सम्बोधन गरे। त्यसैगरी उनले भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग पनि भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयमा बुधबार राति बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन टुडोसँग पनि भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुई नेताबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपालीलाई क्यानडा सरकार रक्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिएका थिए। प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डका राष्ट्रपति एलँ बेर्सेट र कोलम्बीयाका राष्ट्रपति इभान डुकु मार्क्वेजसँग पनि भेटवार्ता गरेका छन्।

उनले एशिया सोसाइटीले कार्यक्रममा नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै सहिद भएको बताए। साथै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गरे। साथै उनले नेपालको समृद्धिमा जलविद्युतले सहयोग पुर्याउने उल्लेख गरे। उनले भने, ‘नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार छ, कुनै पनि लगानीकर्तालाई सही रूपमा यसक्षेत्रमा लगानी गर्न अवसर दिन सकिन्छ।’

यसअघि उनले ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा द्वन्द्वका विभिन्न कारण हुने उल्लेख गर्दै राजनीतिक रुपमा तिनको समाधान आवश्यकरहेको उल्लेख गरेका थिए। साथै प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने बताउँदै नेपाललेशान्ति स्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालिम सुविधा उपलब्ध गराउने उल्लेख गरेका थिए।