समाज
४ श्रावण २०७६, शनिबार ११:४१
703 views 0 secs 0

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ…

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।     घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले […]

समाज
४ श्रावण २०७६, शनिबार ११:२४
523 views 0 secs 0

जुवातास खेल्ने १६ पक्राउ …

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।     जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको […]

समाज
२ श्रावण २०७६, बिहीबार १८:१०
642 views 0 secs 0

प्रसूति गृहमा सुत्केरी र बच्चाको मृत्यु भएपछि तनाव…

सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ। बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ। नुवाकोट दुप्चेकी कल्पना तामाङलाई गत मंगलबार सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो। हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो।त्यसपछि मृतकको आफन्तहरु […]

समाज
२ श्रावण २०७६, बिहीबार १७:१९
479 views 0 secs 0

डिभिजन सडक दमौलीबाट हजार घुससहित २ जना पक्राउ…

सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।

समाज
२ श्रावण २०७६, बिहीबार १२:४३
478 views 2 secs 0

वीरगञ्जबाट भारत तस्करी हुँदै गरेको १२० किलोग्राम गाजासहित ४ जनालाई वीरगञ्जबाट पक्राउ ….

जिल्ला प्रहरी कार्यालय पर्साले भारत तस्करी हुँदै गरेको १२० किलोग्राम गाजासहित ४ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २१ वर्षीय रमेश लामिछाने (कार चालक), पर्साको पटेर्वासुगौली गाउँपालिका-४ का ४२ वर्षीय प्रेम दास (मोटरसाइकल चालक), पर्साकै सखुवाप्रसौनी गाउँपालिका-६ का ३५ वर्षीय राजेश खवास र सर्लाहीको लालबन्दी नगरपालिका-१७ का २० वर्षीय […]

समाज
२ श्रावण २०७६, बिहीबार ११:११
1113 views 0 secs 0

कमैया मुक्ति दिवस…

सरकारले कमैया प्रथा अन्त्य घोषणा गरेको आज १९ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।

समाज
१ श्रावण २०७६, बुधबार १२:४६
585 views 0 secs 0

प्रेमीको ‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि आत्महत्या …

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

समाज
१ श्रावण २०७६, बुधबार १२:१३
591 views 0 secs 0

प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप…

प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप बढेको छ । बाढी र डुबान प्रभावित क्षेत्रका मानिस सर्पको डसाइबाट बिरामी परेपछि एक सातादेखि स्थानीय अस्पतालहरूमा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

समाज
१ श्रावण २०७६, बुधबार ११:०४
574 views 1 sec 0

काभ्रेमा बुहारीद्वारा सासूको हत्या…

काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो । राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् ।

समाज
३१ असार २०७६, मंगलवार १७:२४
686 views 0 secs 0

 प्रदेश २ का मन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने…

प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने भएका छन् । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी पीडितलाई एक महिनाको तलव दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ । प्रदेश २ मा मुख्यमन्त्रीसहित ६ जना मन्त्री र ६ जना राज्यमन्त्री रहेका छन् ।